अत्याधुनिक गाडीका लागि एक्साइडको नयाँ ब्याट्री बजारमा

सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ ।  तर ईपीक डीन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन ।


नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ७४ एम्पियरको ईपीक डीन ब्याट्री बजारमा ल्याएको छ । ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीका लागि यो ब्याट्री ल्याएको हो ।

सिप्रदीको एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेशकुमार तिवारीका अनुसार ईपीक डीन ७४ उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खियाकम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने गर्दछ । यो ईपीक डीन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउनुका साथै चार्ज पनि छिटो हुन्छ । ईपीक डीन ७४  ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने सिप्रदीको  दाबी छ ।

ईपीक डीन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ ।  तर ईपीक डीन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन । त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।

ईपीक डीन ७४  ब्याट्री बीएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युन्डाई, मर्सिडिज बेन्ज, निसान, रेनल्ट, स्कोडा, फक्सवागन, मित्सुबिशी लगायत अत्याधुनिक डिजेल तथा पेट्रोल कारमा प्रयोग गर्न सकिन्छ ।