अब कारमा ड्राइभरको आवश्यकता छैन, टेस्लाले फूल सेल्फ ड्राइभिङ सफ्टवेयर बनायो

टेस्लाका सीईओ मस्कले अटो पायलट मोडलाई सुरक्षित ड्राइभिङ विकल्प भएको दाबी गरेका छन् । उनी भन्छन कि प्रविधिले ती घटनाहरुलाई रोक्न सक्छ जून मानिसहरुबाट हुनसक्छ । तर गाडी सेल्फ ड्राइभिङ मोडमा भए पनि, ड्राइभरको हात सुरक्षाको लागि स्टेयरिङमा हुनुपर्दछ ।


टेस्ला कार अटोपाइलटको कारण विश्वभर लोकप्रिय छ । तर अब कम्पनीले पनि सिमित ग्राहकहरूको लागि ‘पूर्ण सेल्फ–ड्राइभिङ’ मोड रोल आउट गरेको छ ।

टेस्लाका सीईओ एलन मस्कले यो जानकारी ट्वीट गरेर दिएका हुन् । मस्कले भने कि टेस्लाले  ‘पूर्ण सेल्फ–ड्राइभिङ’ बीटा सफ्टवेयर अपडेट यस हप्ता पहिलो चरणमा केहि छनौट गरिएका ग्राहकहरूका लागि पठाइएको थियो जुन वर्षको अन्त्यसम्म सबैका लागि जारी हुनेछ ।

 टेस्लाको ‘अर्ली एक्सेस प्रोग्राम’ अन्तर्गत सहरका सडकहरूमा अटोपाइलट मोडमा ड्राइभ गर्न सक्षम भएका ग्राहकहरूले मात्र सफ्टवेयर अपडेटहरू प्राप्त गर्नेछन् । अर्ली एक्सेस प्रोग्राम सफ्टवेयर बगहरू ट्र्याक गर्न प्लेटफर्म परीक्षणको रूपमा प्रयोग गर्ने गरिन्छ । मस्कले भने कि टेस्लाले यस सफ्टवेयर अपडेटका लागि ठूलो ध्यान दिइरहेको छ ।

टेस्लाका सीईओ मस्कले अटो पायलट मोडलाई सुरक्षित ड्राइभिङ विकल्प भएको दाबी गरेका छन् । उनी भन्छन कि प्रविधिले ती घटनाहरुलाई रोक्न सक्छ जून मानिसहरुबाट हुनसक्छ । तर गाडी सेल्फ ड्राइभिङ मोडमा भए पनि, ड्राइभरको हात सुरक्षाको लागि स्टेयरिङमा हुनुपर्दछ ।

अटो पाइलट मोडमा भएको बेला कारको स्टेयरिङ, एक्सीलरेट तथा ब्रेक स्वत चल्छ र यो केबल सडकको लेनमा मात्र चल्दछ । तर कुनै पनि व्यक्ति नभईकन यो अटो पाइलट मोड सक्षम हुन सक्दैन ।