जीएमद्धारा पहिलो हम्मर ईभी पिकअप ट्रक सार्वजनिक, फिचर यस्ता छन्

कम्पनीले इलेक्ट्रिक हम्मरलाई ३ वटा रेन्जमा लन्च गरेको छ । जसमा सबैभन्दा बेस भेरिएन्ट २५० माईल र ६२५ एचपी छ भने अर्को ३०० माईल र ६२५ एचपी रहेको छ । त्यसैगरि तेस्रो भेरिएन्टमा भने ३०० माईल र ८०० एचपी रहेको छ ।


जीएमले आधिकारिक रूपमा हम्मर ब्रान्डमा जीएमसी हम्मर ईभी पिकअप ट्रक सार्वजनिक गरेको छ ।

यसलाई सुपर मूल्य ट्यागको साथ पूर्ण सुपरट्रकको रुपमा भएको बताइएको छ ।

जनवरीमा, जीएमले हम्मरलाई फिर्ता ल्याउन लागेको हो, जसले सैनिक ट्रकहरुबाट प्रभावित भएको यसको ठुलो इन्धन ट्यांकसहितको ट्रकको लागि परिचित छ ।

केही महिना पछि, अटोमेकर कम्पनीले जीएम हम्मर ईभी आधिकारिक अनावरण गर्ने छ ।

ठूलो इलेक्ट्रिक ट्रक पूर्ण साईजमा आएको छ यसमा सबै फिचरहरु रहेका छन् ।

कम्पनीले इलेक्ट्रिक हम्मरलाई ३ वटा रेन्जमा लन्च गरेको छ । जसमा सबैभन्दा बेस भेरिएन्ट २५० माईल र ६२५ एचपी छ भने अर्को ३०० माईल र ६२५ एचपी रहेको छ । त्यसैगरि तेस्रो भेरिएन्टमा भने ३०० माईल र ८०० एचपी रहेको छ ।

यसको आधार मूल्य ७९,९९५ अमेरिकी डलर छ भने सबैभन्दा महंगो ९९,९९५ अमेरिकी डलर तोकिएको छ ।

तर यी इलेक्ट्रिक हम्मर दोस्रो संस्करणको रुपमा सन् २०२२ भन्दा पछाडी मात्र बजारमा आउनेछन् भने आगामी वर्ष यसको पहिलो संस्करण मात्र आउनेछ । जसको मूल्य १,१२,५९५ अमेरिकी डलर छ ।

कम्पनीले यसमा कति पावरको ब्याट्री राखेको भन्ने जानकारी दिएको छैन् । तर १० मिनेटको चार्जमा १०० माईल कुद्नसक्ने बताइएको छ ।