आज गरियो निसान म्याग्नाइट सार्वजनिक, नेपालमा तिन महिना पछि उपलब्ध हुने

निसान म्याग्नाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरल्ली एस्पिरेटेड इन्जिन र अर्कोमा टर्बोचार्ज्ड इन्जिन हुनेछ । 


आज अनलाइनमार्फत निसान मोटर्सले आफ्नो बहुप्रतीक्षित क्रसओभर म्याग्नाइट ग्लोबल लन्च गरेको छ । 

भारतीय बजारमा सार्वजनिक गरिए लगत्तै आज नेपालस्थित आधिकारिक वितरक पायोनियर मोटोकर्पले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै सन् २०२१ को जनवरी महिनामा यसलाई नेपाल भित्र्याउने तयारी थालेको बताएको छ ।

बिग, बोल्ड र ब्युटीफुल मानिएको यो एसयूभीलाई कम्पनीले बी–एसयूभीका रुपमा परिभाषित गरेको छ ।

यो गाडीमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।

निसान म्याग्नाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरल्ली एस्पिरेटेड इन्जिन र अर्कोमा टर्बोचार्ज्ड इन्जिन हुनेछ । निसान म्याग्नाइटमा ८ इन्च फुल फ्लस टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निसान म्याग्नाइट आफ्नो सेगमेन्टको गेम चेन्जर बन्ने अपेक्षा गरिएको छ । यो एसयूभीलाई उचित मूल्यमा नेपाल भित्र्याउने पायोनियर स्रोतले बताएको छ ।