बेनेलीको दसैं तिहार अफरः ३५ हजारसम्मको नगद छुट

कम्पनीले यो स्कीममा नगद छुट, शून्य प्रतिशत व्याजदर, मोटरसाइकल कभर तथा हेल्मेट निःशुल्क प्रदान गर्ने अफर ल्याएको हो । साथै एक्सचेन्जको सूविधा पनि उपलब्ध छ । 


काठमाडौं । बेनेली मोरसाइकलको आधिकारीक बिक्रेता युनिटी ट्रेडिङले फेस्टीभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले यो स्कीमलाई ‘दसैं तिहार छट अफर’ भनेको छ । यो स्कीममा बेनेलीका विभिन्न मोटरसाइकल खरिदमा आठ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्निछ ।

कम्पनीले यो स्कीममा नगद छुट, शून्य प्रतिशत व्याजदर, मोटरसाइकल कभर तथा हेल्मेट निःशुल्क प्रदान गर्ने अफर ल्याएको हो । साथै एक्सचेन्जको सूविधा पनि उपलब्ध छ । मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा १५ हजार रुपैयाँ अधिकतम भ्याल्युएसन गरिदिने कम्पनीले जनाएको छ । यो अवधिभरमा बेनेलीका मोटरसाइकल खरिद गर्ने ग्राहकमध्ये चार जनाले ५० इन्चको एलईडी टीभी प्रदान गर्नेछन् । कम्पनील चार भेरियेन्टका मोटरसाइकल बिक्री गर्दौ आएको छ । बेनेली टीएनटी १५ को खरिदमा आठ हजार रुपैयाँ छुट छ । बेनेली टीएनटी १५० आईको खरिदमा १५ हजार रुपैयाँ छुट छ । बेनेली लियोनसिओमा खरिदमा १६ हजार रुपैयाँ छुट छ । बेनेली टीएनटी १३५ को खरिदमा ३५ हजार रुपैयाँ छुट छ ।