चर्चित विद्युतीय गाडी, निशान लिफ नेपाल आउँदै

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । ई–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।


निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ईभी ‘निशान लिफ’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा बिध्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको सार्वजनिक गर्ने कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा सार्वजनिक हुने भएको छ ।

निशान लिफसंसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो । यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ । निशान लिफ निसानको विद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो । निशान लिफ संसारभर दुई लाख ५० हजार युनिटभन्दा धेरै बिक्री भैसकेको छ । यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ । पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा सार्वजनिक भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ । अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । ई–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।