क्लासिक लिजेन्ड्सको जावा बाइक सार्वजनिक, मूल्य ६ लाख २० हजारबाट सुरु

कम्पनीले जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार  जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः  ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य तोकिएको छ । 


क्लासिक लिजेन्ड्सको बहुप्रतिक्षित बाइक जावाको नेपालमा बिक्री सुरु भएको छ । जावा बाइकको नेपालको आधिकारिक बिक्रेता अग्नि मोटो इंकले बिक्री सुरु गरेको हो ।  

यो कम्पनी महिन्द्रा टु ह्वीलर्स एण्ड जेनेरेटर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो । ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले बाइकको अनावरण गरे ।  

कम्पनीले जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार  जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः  ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य तोकिएको छ । 

जावा ब्ल्याक, मरुन र ग्रे कलरमा उपलब्ध छ । जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुलाब्लु कलरमा छ ।

प्रबन्ध निर्देशक श्रेष्ठले लामो समयको प्रतीक्षापछि जावा नेपालमा बिक्री सुरु भएको बताउँदै क्लासिक बाइकले नेपाली उपभोक्ताले रुचाउने बताए । यो बाइक काठमाडौंको उत्तरढोका र टेकुमा शोरुममा जावा बाइक पाइनेछ। कम्पनीले देशैभरि शाखा र डिलर स्थापना गर्ने जनाएको छ ।