दसैंमा कार किन्ने योजनामा हुनुहुन्छ, अफर यस्ता छन्

चाडपर्वको समयमा नेपालमा सवारी साधनको बिक्री धेरै हुने गरेको छ । धेरै गाडी बिक्री हुने समय भएकाले व्यवसायीले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याउने गरेका छन् । चाडपर्वको समयमा गाडी खरिद गर्दा अन्य समयको भन्दा केही सस्तो पर्नुका साथै विभिन्न अतिरिक्त सुविधा ग्राहकले पाउने गर्छन् । त्यसैले धेरै जस्तो ग्राहक गाडी किन्नका लागि चाडपर्व पर्खेर बसेका छन् । आफ्नो कम्पनीको गाडी धेरै भन्दा धेरै विक्री गर्न कम्पनीले पनि विभिन्न अफर ल्याउने गरेका छन् । लकडाउनका कारण थलिएको अटो व्यवसाय चाडपर्वको माहोल सुरु भएसँग विस्तारै उठ्न खोजिरहेको व्यवसायीहरु बताउँछन् । चाडपर्वको समयमा ग्राहकले पनि कम्पनीबाट अतिरिक्त लाभको आशा गरेका हुन्छन् । चाडको समयमा ग्राहकलाई उपहार स्वरुप विभिन्न अफर सार्वजनिक गरिने गरेको व्यवसायीहरुको भनाई छ ।


यस्ता छन् दसैको अफर


हुण्डाई


यो वर्षको दसैंमा हुण्डाईले तीन नयाँ कार बजारमा ल्याएको छ ।  ग्राहकलाई आकर्षित गर्न दसैंतिहार वेलकम टु हुण्डाई परिवार नामक योजना ल्याएको छ । योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।

त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुण्डाई औरा एउटा र हुण्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । हुण्डाईले सबै गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुनेछन् ।

टाटा


टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चार लाखसम्मको छुट अफर सार्वजनिक गरेको छ । नेपालको अटो बजारमा ठूलो हिस्सा भएको टाटाले एक्सचेन्ज गरिने कारहरुमा ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्रदान गरिने उल्लेख गरेको छ ।

केही दिनअघि नयाँ गाडी टाटा अल्ट्रोज नेपालमा ल्याएको सिप्रदीले प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुने जनाएको छ । त्यसैगरी प्रत्येक पुरानो कारको भ्यालुएसनमा सरप्राइज गिफ्ट प्रदान गरिनेछ । टाटाले प्रत्येक टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट समेत प्रदान गरिने जनाएको छ ।

 किया