धार्केमा टाटा गाडीको सर्भिस सेन्टर

 सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चातको सेवालाई उच्च प्राथमिकता दिदै आइरहेको छ । यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । 


काठमाडौं । सिप्रदी टे«डिङ प्रालिले टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धादिङको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दे कम्पनिले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ ।

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले भने, ‘गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चातको सेवालाई उच्च प्राथमिकता दिदै आइरहेको छ । यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजताप्रदान गर्ने छ ।’

यसका  साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइलवर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । धार्के वर्कशप मार्फत ग्राहकहरुले टाटा कमर्शियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।