दसैंमा नयाँ कार चढ्ने बिचारमा हुनुहुन्छ, यि हुन सक्छन् हुण्डाईका इन्ट्रिलेभल तथा मिड रेन्ज कार

हुण्डाईका कार नेपाली बजारमा लोकप्रिय छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा हुण्डाईको गाडी बिक्री वितरण गर्दैै आइरहेको छ । हुण्डाई पेट्रोल, डिजेल र विद्युती गाडी बिक्री गर्दै आएको छ । हुण्डाईका सात इन्ट्रिलेभल, पाँच एसयूभी र दुई विद्युतीय गाडी नेपालमा उपलब्ध छ । हुण्डाईले २२ लाख ९६ हजारदेखि एक करोड ४५ लाख ९६ हजार रुपैयाँसम्मका गाडी बिक्री गर्दै आएको छ  । हुण्डाईका इन्ट्रिलेभका तथा मिड रेन्ज कार यस्ता छन् ।


सान्ट्रो


हुण्डाईसँग सान्ट्रो पाँच भेरियन्टमा उपलब्ध छ । पेट्रोल भर्सनका यी सबै गाडीमा १०८६ सीसीको इन्जिन छ । सन्ट्रो इरा सन् २०१९ मोडलको मूल्य २२ लाख ९६ हजार र सन् २०२० मोडलको मूल्य २३ लाख ९६ हजार तोकिएको छ । सन्ट्रो माग्ना सन् २०१९ मोडलको मूल्य २५ लाख ५६ हजार र सन् २०२० मोडलको मूल्य २६ लाख ५६ हजार तोकिएको छ । सन्ट्रो मगना एएमटी सन् २०१९ मोडलको मूल्य २८ लाख ९६ हजार र सन् २०२० मोडलको मूल्य २९ लाख ९६ हजार तोकिएको छ । सन्ट्रो स्पोर्टेज सन् २०१९ मोडलको मूल्य २७ लाख ५६ हजार र सन् २०२० मोडलको मूल्य २८ लाख ५६ हजार तोकिएको छ । सान्ट्रो आस्ता सन् २०१९ मोडलको मूल्य २२ लाख ९६ हजार र सन् २०२० मोडलको मूल्य २३ लाख ९६ हजार तोकिएको छ ।

 

ग्राण्ड आई १०

ग्राण्ड आई१० दुई भेरियेन्टमा उपलब्ध छ । पेट्रोल भर्सनका ग्राण्ड आई १० मा १०८६ सीसीको इन्जिन छ । ग्राण्ड आई१० मगना सन् २०१९ मोडलको मूल्य २९ लाख ५६ हजार र सन् २०२० मोडलको मूल्य ३० लाख ५६ हजार तोकिएको छ । ग्राण्ड आई १० स्पोर्टेज सन् २०१९ मोडलको मूल्य ३१ लाख ९६ हजार र सन् २०२० मोडलको मूल्य ३२ लाख ९६ हजार तोकिएको छ ।

 

ग्राण्ड आई १० नियोस


ग्राण्ड आई१० नियोस तीन भेरियेन्टमा उपलब्ध छ । पेट्रोल भर्सनका ग्राण्ड आई १० नियोसमा ११९७ सीसीको इन्जिन छ । ग्राण्ड आई १० नियोस मगनाको मूल्य ३० लाख ९६ हजार तोकिएको छ । ग्राण्ड आई १० नियोस मगना एएमटीको मूल्य ३३ लाख ९६ हजार तोकिएको छ । ग्राण्ड आई १० नियोस स्पोर्टेजको मूल्य ३३ लाख ९६ हजार तोकिएको छ ।


इलाईट आई २०

इलाईट आई २० दुई भेरियेन्टमा उपलब्ध छ । पेट्रोल भर्सनका इलाईट आई २० मा ११९७ सीसीको इन्जिन छ । इलाईट आई २० मगना प्लस सन् २०१९ मोडलको मूल्य ३२ लाख ५६ हजार र सन् २०२० मोडलको मूल्य ३३ लाख ५६ हजार तोकिएको छ । इलाईट आई २० स्पोर्टेज प्लस सन् २०१९ मोडलको मूल्य ३६ लाख ९६ हजार र सन् २०२० मोडलको मूल्य ३७ लाख ९६ हजार तोकिएको छ ।

 

आई २० एक्टिभ


आई २० एक्टिभ एस भेरियेन्टमा मात्र उपलब्ध छ । पेट्रोल भर्सनको आई २० एक्टिभ एसमा ११९७ सीसीको इन्जिन छ । आई २० एक्टिभ एसको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

 

औरा एस

औरा एस भेरियेन्टमा मात्र उपलब्ध छ । पेट्रोल भर्सनको औरा एसमा ११९७ सीसीको इन्जिन छ । औरा एसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

 

भर्ना