हुण्डाईको ‘नयाँ क्रेटा दि अल्टिमेट एसयूभी’ बजारमा

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा सेन्सस स्पोर्टिनेस सँगै, एसयूभीको अगाडीको भागमा तीन डाइमेन्सल केसक्रेडिङ ग्रिलमा ठाडो र तेर्सो आकार र स्कल्पटेड बम्परको साथमा स्किड प्लेट लगाइएको छ । फ्रेड ब्हिल आर्च कपलेडसहितको उत्कृष्ट डिजाइन गरिएको क्राफ्ट क्रिज लाइन र बोनेट न्यु क्रेटाको नयाँ पहिचान बनेको छ ।


नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले निकै प्रतिक्षारत हुण्डाईको ‘नयाँ क्रेटा (दि अल्टिमेट एसयूभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फर्म फेसबुक, इन्स्टाग्राम, यूट्यूबपेजबाट भर्चुअल वेभकास्ट गरी ‘नयाँ क्रेटा (दि अल्टिमेट एसयूभी’ नेपालमा सार्वजनिक गरिएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, ‘वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजारभन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा (दि अल्टिमेट एसयूभीले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।’


सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयूभीलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यो सबैको रोजाईको एसयूभी भइ ‘दि अल्टिमेट एसयूभी’ बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एसयूभी सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।


हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा सेन्सस स्पोर्टिनेस सँगै, एसयूभीको अगाडीको भागमा तीन डाइमेन्स्नल केसक्रेडिङ ग्रिलमा ठाडो र तेर्सो आकार र स्कल्पटेड बम्परको साथमा स्किड प्लेट लगाइएको छ । फ्रेड ब्हिल आर्च कपलेडसहितको उत्कृष्ट डिजाइन गरिएको क्राफ्ट क्रिज लाइन र बोनेट न्यु क्रेटाको नयाँ पहिचान बनेको छ । विशिष्ट रुपमा छुट्टिएको बुमर्याङ आकारको एलइडी डीआरएलएस सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फगल्याम्पका साथै वेलकम फङसनसँगै अटो अनफोल्ड ओआरभीएम र पडल ल्यापले एसयूभीलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ । नयाँ क्रेटामा अल न्यू टु टोन कालो र ग्रेज इन्टेरियर रहेको छ । जसमा २६.०३ सेमीको एचडी इन्फोटेनमेन्ट सिस्टम, लेदरले र्याप गरिएको स्टेरिङ्गको साथै माउन्टेड कन्ट्रोल पनि छ । १७.७८ सीएम डिजिटल इन्स्टुमेन्ट कल्स्टर, अटो हेल्दी एअर प्यूरीफायर र स्मुथिङ ब्लू एमबीनेट लाइटिङ रहेको छ । यस्का साथै सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बाहिरी संरचनासँगै एएचएसएसका साथै अन्यविभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै फ्रन्ट डुब्ल एअर ब्याग, ड्राइभर रियर भ्यू मोनिटर, हिल स्ट्रार्ट असिस्ट कर्टोल, भेहिकल स्टेबिलीटी म्यानेजमेन्ट, इलोक्ट्रोनिक स्ट्याबिलीटी कन्ट्रोल र रियर पार्किङ सेन्सरसँगै क्यामरा पनि छ । 


नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भीजीटी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा ६ स्पिड रहेको छ जुनसबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ । साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भेन्टर  र १.५ पेट्रोल मोटरको लागि आईभीटी अटोमेटिक  छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ र यस्को मुल्यहरु ।