हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायमगरि सफलता पूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । 



काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा मन पराइएको र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुब्ल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएस÷६००० आरपीएम पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५ स्पिड म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।


हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्लयाक रेडिएटर ग्रिल, बुमरेन्ज आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्चको अलोइ व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पलकारप्ले, एन्ड्रोइडअटो र बेष्ट इन सेक्गमेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०।२५ सीएम) का साथै रियर एसी भेन्ट लगायत सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ । सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा स्ट्रोङ बडी स्ट्रक्चर ६५ प्रतिशत (एएचएसएस प्लस एचएसएस), फ्रन्ट डुब्ल एयरब्याग, रियर सेन्सर पार्किङ क्यामरा, इबीडीका साथै एनटी लक ब्रेकीङ स्टिमर र ड्राइभर रियर भ्यू मोनिटर प्रस्तुत गरेको छ ।


हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायमगरि सफलता पूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । 

कम्पनीले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।